अघि बढे निधि

नेपाल लाइभ

काठमाडौँ

लिलु डुम्रे

कांग्रेसीजन र बाहिरीवृत्तमा एक विषयमा समान बुझाइ थियो। संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिन चाहे  भने उनलाई अवरोध गर्न सो समूहबाट अर्का नेता अघि सर्दैनन्।

उपसभापति विमलेन्द्र निधिले सभापतिको प्रत्यासी बन्ने आकांक्षा देखाएपछि संस्थापन समूहबाट एकल उम्मेदवारी बन्ने देउवाको बाटोमा ‘ब्रेक’ लाग्ने देखिएको छ। १४औं महाधिवेशनमा संस्थापनबाट देउवामात्र सभापतिका उम्मेदवार हुन् भनी प्रचारित ‘न्यारेटिभ’ समेत परिवर्तन हुन पुगेको छ।

मुख खोले निधिले
गत मंगलबार आफू निकटका सीमित व्यक्तिलाई निधिले आफ्नो निवास बोलाएका थिए। त्यहाँ उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराए। र, कसैगरी पछि नहट्ने प्रष्ट पारे। उनले बिहीबार नै सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी सम्बन्धमा कुरा राख्ने सुनाए। त्यसो त निधिले गत महिना नै संस्थापनइतरका केही शीर्ष नेतालाई आफू सभापतिको उम्मेदवार बन्ने संकेत दिइसकेका थिए। महामन्त्री डा शशांक कोइरालासँग त आफूलाई सभापतिमा सघाउन आग्रह नै गरेका थिए।

प्रकाशित मिति: : 2020-08-17 08:01:55

प्रतिकृया दिनुहोस्