‘तीज गीत गाएरै काठमाडौंमा घडेरी किनें’

गायिका राधिका हमाल पुनले यसपालिको तीजलाई एक दर्जन गीत रेकर्ड गराएकी छन् । दुई दर्शकदेखि तीज गीत गाउँदै आएकी गायिकाको हमालले विगतमा एकै वर्षमा ५६ वटासम्म गीत रेकर्ड गराएकी थिइन् । तर, पछिल्लो समय तीज गीत गाउने कलाकार थपिँदै गाए । गीत बाँडिदै गएपछि संख्या घट्दै गएको उनको कथन छ ।

२०५८ सालतिरका तीज भाकाको सम्झना गर्दै यी गायिकाले भनिन्, ‘त्यतिबेला क्यासेट अर्थात् चक्का बेच्ने जमान थियो । टलक्कै ऐना टल्कियो ख्यालखालमै जोवन ढल्कियो…गीतको लाखप्रति भन्दा बढी चक्का बिकेको थियो ।’ त्यतिबेला आफ्नो थुप्रै गीत लाखौंको संख्यामा चक्का बिक्री भएको पनि उनले सम्झिइन् ।

त्यो समय तीज गीतको क्यासेट बिक्री र स्टेज कार्यक्रमबाट निकै राम्रो कमाइ हुने गरेको सम्झँदै राधिकाले भनिन्, ‘तीज गीत गाउने हामी थेरै कलाकार थियौं । तीज सुरु हुनुभन्दा १५ दिन अघिदेखि तिज नसकिँदासम्म देश विदेशमा भ्याइनभ्याइ स्टेज कार्यक्रममा सहभागी हुन्थ्यौं ।’ यसरी आफूले त्यो समयमा तीज गीतको क्यासेट बेचेर स्टेज कार्यक्रमको कमाइले काठमाडौंमा घडेरीसमेत किनेको उनले स्मरण गरिन् ।

प्रकाशित मिति: : 2020-08-18 09:22:33

प्रतिकृया दिनुहोस्