पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट ‘ड्र’

एजेन्सी

साउथह्याम्टन

पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट बराबरीमा टुंगिएको छ । वर्षा बाधक बनेपछि दुबै टिमबीचको दोस्रो टेष्ट बराबरीमा टुंगिएको हो ।   

साउथह्याम्टनमा भएको दोस्रो टेष्टमा वर्षा बाधक बन्दा दुबै टिमले दोस्रो इनिङ्स नै खेल्न पाएनन् । टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तान पहिलो इनिङ्समा २ सय ३६ रनमा अलआउट भयो ।

उसका लागि विकेटकीपर मोहम्मद रिजवानले सर्बाधिक ७२ रन बनाए । बलिङमा इंग्ल्याण्ड टिमका स्टुअर्ट ब्रोडले सर्बाधिक ४ विकेट लिन सफल भए ।  

म्याचको अन्तिम दिन इंग्ल्याण्डले ४ विकेट गुमाएर १ सय १० रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

३ म्याचको सिरिजमा घरेलु टोली इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ । पाकिस्तान-इंग्ल्याण्डबीचको अन्तिम तथा तेस्रो टेष्ट २१ अगस्टदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: : 2020-08-18 09:36:55

प्रतिकृया दिनुहोस्