अभिषेक भारतीय क्लब मोहम्मदन एससीमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल भारतीय फुटबल क्लब मोहम्मदन एससीमा अनुबन्ध भएका छन्। 

 मोहमडन र अभिषेकबीच ३ वर्षको सम्झौता भएको हाे। मोहमडनले आईलिग दोस्रो डिजिभन र कोलकाला लिग खेल्दै आएको छ।

उनी एसियन कोटा अन्तर्गत मोहम्मदनमा अनुबन्ध भएका हुन्। सम्झाैता २०२० अगष्ट २० देखि लागु हुने छ।

सम्झौता रकम भने खुलाइएको छैन।  सम्झौता अनुसार मोहम्मदन आई लिगमा छनोट हुन नसके र अरु आई लिग क्लबले उनलाई अफर गरेमा  
क्बलले अभिषेकलाई रिलिज गर्नेछ।

अभिषेकले पछिल्लो पटक माल्दिभ्समा दोस्रो श्रेणीको लिग खेलेका थिए। गत वर्ष नेपालमा भएको ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट खेलेका उनी केही खेलपछि नै माल्दिभ्स गएका थिए। उनले त्यहाँ जेजे स्पोर्ट्सका लागि खेलेका थिए।

अभिषेकले त्यसअघि नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लबका लागि समेत खेलिसकेका छन्।

सन् २०१९ मा मलेसियाविरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका छन्। उनले गत वर्ष चाइनिज ताइपेई विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-08-19 17:59:31

प्रतिकृया दिनुहोस्