फिफाका अध्यक्ष इन्फान्टिनोले पाए सफाइ

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सफाइ पाएका छन्। 

केही समयअघि उनलाई फिफाको नियम उल्लंघन गरेको अभियोग लगाइएको थियो। तरफिफाको इथिक्स कमिटिले प्रारम्भिक अनुसन्धानपछि इन्फान्टिनोलाई सफाइ दिएको हो। 

इन्फान्टिनोलाई स्वीस महान्यायाधीवक्ता माइकल लाउबारसँग गोप्य रुपमा भेट गरेको अभियोग थियो। 

दुवैजनाले कुनै पनि गलत काम नगरेको बताउँदै आएका थिए। स्वीस अदालतले दिएका कागजातहरुको अध्ययन गरिएको फिफाले जनाएको छ। त्यसबाट कुनै पनि गलत काम नभएको देखिएको फिफाको इथिक्स कमिटिले बताएको छ।

प्रकाशित मिति: : 2020-08-20 06:14:07

प्रतिकृया दिनुहोस्