आंशिक प्राध्यापक र त्रिविबीच जुहारी

नेपाल लाइभ

काठमाडौँ

प्रजु पन्त

 

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले भदौ १ गते ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ पारित गर्‍यो। यो निर्देशिका पास भएपछि आंशिक प्राध्यापकहरुले त्रिविले आफूहरुको भोको पेट, श्रम र उमेरसँग खेलेको आरोप लगाएका छन्।

आंशिक प्राध्यापक सघंको कार्यवाहक अध्यक्ष तथा आन्दोलन संयोजक नरेन्द्रप्रसाद भण्डारीले निर्देशिका आंशिक प्राध्यापकलाई बाँध्ने किसिमले ल्याएको र निर्देशिकाको विरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए। ‘यो निर्देशिकाले आंशिक प्राध्यापकको माग र मर्मलाई सम्बोधन गर्दैन’, भण्डारीले भने, ‘निर्देशिकाले थप बौद्धिक शोषण गर्ने प्रेरित गरेको छ।’

प्रकाशित मिति: : 2020-08-21 11:31:15

प्रतिकृया दिनुहोस्