डाक्टर र नर्स नै संक्रमित, अब कसले उपचार गर्ने ?

विज्ञ भन्छन् : कोभिड र ननकोभिड अस्पताल बनाऔँ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ७० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका कोभिड- १९ प्रमुख डा. सन्तकुमार दासका अनुसार नर्सको ग्रुपबाट संक्रमण फैलिएको हो । 

३-४ वटा क्लस्टरमा संक्रमण

‘नर्सको ग्रुपबाट फैलिएको हो । संक्रमण ३-४ वटा क्लस्टरमा देखिएको छ’ऽ उनले भने, ‘नर्सको चिया/खाजा खाने कोठाबाट सरेको देखिन्छ ।’

एउटै कोठामा सबैले खाना/खाजा खाएकाले संक्रमण फैलिएको उनले बताए । ‘भेन्टिलेसन पनि नभएको कोठामा चिया/खाजा खाने गरेको र खाने समयमा मास्क नलगाएकाले पनि धेरैलाई सरेको हो’, डा. दासले भने, ‘अहिले ग्रुपमा चिया/खाजा खान रोक लगाएका छौँ । एक/एक जना गरेर खान भनिएको छ ।’ 

१३ जना डाक्टर संक्रमित

७० जना संक्रमित स्वास्थ्यकर्मीमध्ये १३ जना डाक्टर छन् । ‘डाक्टरको पनि इमर्जेन्सीको क्लस्टरमा देखिएको छ,’ उनले भने, ‘अहिले नियन्त्रण गरिसकेका छौँ । कोही संक्रमितलाई घरमा र कोहीलाई अस्पतालको आइसोलेसनमा राखेका छौँ ।’

प्रकाशित मिति: : 2020-08-21 22:27:49

प्रतिकृया दिनुहोस्