गजल
तेरो पार्टी मेरो पार्टी भनेर के हुन्छ?
हनुमान कार्यकर्ता बनेर के हुन्छ ?
सोच बदलौँ साँच्चै देश बदल्ने भए
एक आपस मा खेदो खनेर के हुन्छ?
भाषण ठोक्ने ढुङ्गा बोक्ने टायर पोल्ने
बेकामे नेताका टाउका गनेर के हुन्छ ?
व्यवस्था बदलियो अवस्था उस्तै छ
सक्षम व्यक्तिका खुटा तानेर के हुन्छ ?
जनता कहिले बुझ्ने नेता को चलन
चुनाव आफ्नो पराइ छानेर के हुन्छ?
सुरेश थापा,
छान्ना, बझांग
हाल : मलेसिया