‘ट्वेल्थ फेल’ फिल्मबाट चर्चा बटुलेकी मेधा शंकर

डाक्टर बन्न चाहथिन् ‘नेशनल क्रश’ बनिन्

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

विधु विनोद चोपडा निर्देशित फिल्म ‘ट्वेल्थ फेल्थ’ ले निकै चर्चा बटुल्याे। फिल्मको कथाले दर्शकको मन जित्न सफल भएको छ।

फिल्ममा विक्रान्त मेसीको संघर्षदेखि मेधा शंकरको अभिनयलाई रूचाइएकाे छ। फिल्ममा निभाएकाे श्रद्धा जोशीको अभिनयले दर्शक रमाएका छन्। साेहीकारण उनी रातारात भाइरल भएकी छन्।

उनकाे नाम अहिले जताजतै चुलिरहेकाे छ। फिल्ममा उत्कृष्ट अभिनयको कारण अभिनेत्रीले सबैलाई प्रभावित गरेकी छिन्।

यति मात्र होइन, मेधा शंकरको सुन्दरताले पनि फ्यानहरूको मन जितेको छ। फिल्म '१२ फेल' ओटीटीमा रिलिज भएदेखि नै मेधा शंकरको नाम जताततै छाएको छ।

ओटीटीमा फ्यानहरूको सकारात्मक प्रतिक्रियाका कारण मेधा शंकरका इन्स्टाग्राम फलोअर्सहरूकाे संख्या पनि बढिरहेकाे छ।

निर्देशक विधु विनोद चोपडाद्वारा निर्देशित फिल्म १२–दिसेम्बर ओटीटीमा रिलिज भएकाे थियाे। सिनेमाघरहरूमा विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा राम्रो प्रतिक्रिया पाएको छ, जसका कारण मेधाको नाम यस समयमा लगातार हेडलाइन बनिरहेको छ।

तृप्ति डिमरीपछि अब ‘नेशनल क्रश’ बनिरहेकी छिन् मेधा। तर एक फिल्मबाट एकाएक चर्चामा आएकी उनको बारेमा बुझ्नका लागि आतुर भइरहेका छन् दर्शकहरू।

‘विथ यू फोर अलवेज’ 

मेधा शंकर नोएडामा बस्छिन्। उनी एक महाराष्ट्रियन परिवारकी हुन्। मिडिया रिर्पोटस्को अनुसार मेधा भविष्यमा डाक्टर बन्न चाहथिन् तर धेरै शान्त स्वभावकी उनी ग्लामलरमा आकर्षित हुन थालिन्।

त्यसपछि उनले विज्ञापनहरूमा काम गर्न थालिन्। अहिले उनी एक गायिका र अभिनेत्री भनेर चिनिन्छन्। यसअघि उनी फिल्म ‘विथ यू फोर अलवेज’ मा देखापरिसकेकी छन्। तर उनले सफलता भने '१२ फेल'  मा पाइन्। 

आईपीएस अधिकारीकाे कथामा आधारित

गत अक्टोबर २७ मा रिलिज भएको फिल्म अनुराग पाठकको सोही शीर्षकको उपन्यासमा आधारित छ। वास्तविक जीवनका आईपीएस अधिकारी मनोजकुमार शर्मा र आईआरएस अधिकारी श्रद्धा जोशीको यो कथालाई पनि मानिसहरूले उपन्यासको रूपमा मन पराएका थिए।

फिल्मको कथालाई दर्शकले निकै रुचाएका छन्। दर्शकहरूले फिल्मलाई सन् २०२३ को उत्कृष्ट फिल्मको ट्याग दिएका छन्। 

यो फिल्मले आईएमडीबीमा १० मध्ये ९.२ रेटिङ पाएको थियो। यो फिल्मको सफलतापछि बलिउड उद्योगमा विक्रान्त मेसीको चर्चा पनि चुलिएकाे छ। 

‘टेम्पाेवाला’ मनोज शर्मा कसरी बने आईपीएस?

प्रकाशित मिति: : 2024-01-15 21:20:00

प्रतिकृया दिनुहोस्