यो रित्तो मन छ

अझ्झैसमेत यो मनको
न झ्याल, न ढोका छ
अहिले भर्खरैपनि
लक्षमणरेखा नाघीसकेर,सीता अभर परेकी छे
अझ्झैसमेत नेटवर्क डाउन छ,भगवानको।

बाह्रबजीको घन्टी हो कि समस्याले डसेको हो
बाह्रैबजो बाह्रैबजो बाह्रैबजो भन्छ, मन?
यो खेतबारी खानपल्किएका सलहजस्तै मान्छेहरु 
म एसबेला ढिम्कीमा उभिएर
थाल बजाउंदै 
धुवां लाउंदै मुन्धुम पूरा गर्दै छु
अझ्झैसमेत भगवानभन्दा
मान्छै टेडो देख्तै छु म 

यहाँ
घामको उज्यालोसंग खेलवाड गर्नेहरु 
स्विचआन गर्न पल्किएछन
जूनको दहमा गोतालाउनेहरु पनि
जमानाको जालीरुमालमा मुखछोप्न सिपालु छन
अझ्झैसमेत बिहीबारे हाटमा 
मधुशाला खोलिएन 
सुन्तलीको चाम्रोहात छ्यास्स छुनै पाईएन।

प्रकाशित मिति: : 2020-08-22 15:05:00

प्रतिकृया दिनुहोस्