सन्दीपको उत्कृष्ट बलिङका बाबजुद जमैका तलावाजकाे लगातार दोस्रो हार

नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार व्यहाेरेकाे छ।

आइतबार राति भएकाे खेलमा जमैका गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको हाे।

गुयाना एमेजन वारियार्सका आन्द्रे रसलले ३७ बलमा ४ चौका र ५ छक्कासहित ५२ रनमा नटआउट रहे।  

यता कप्तान रोभमान पावेल २३, शिम्रन हेटमायरले १४ र ब्रेथएटले ५ रन जोडे।

च्याडविक वाल्टन, क्रोमा बोनर, ग्लेन फिलिप्स, आसिफ अलीले इनिङ सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन्। 

गुयानाका लागि क्रिस ग्रिनले २ विकेट लिए। ताहिर, नेड, पल, हेमराज र नविन उल हकले पनि १ट१ विकेट हात पारे।

त्यसअघि गुयानाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन जोड्यो। सुरुवाती ओभरदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको गुयानाका लागि ओपनरले राम्रो सुरुवात दिलाएका थिए।

ओसेन थोमसको दोस्रो ओभरमा २४ रन जोड्दै उत्कृष्ट सुरुवात पाएको गुयानाका लागि ब्रेन्डन किङ र चन्द्रपाल हेमराजको सुरुवाती जोडीले पाँचौ ओभर पूरा नहुँदै अर्धशतकीय साझेदारी पूरा गरे। 

किङलाले १९ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिए। ओपनर हेमराजले १७ बलमा ३ चौकासहित २१ रन जोडे। रस टेलर २१ रन जोड्दै क्याच आउट भए। ३० बलमा २ चौका प्रहार गरेका थिए। 

यता नविन उल हकले १७ बलमा १४ रन जोडे।

सन्दीपले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। मुजिबले १८ रन खर्चेर ३ विकेट लिँदा ब्रेथवेटले पनि ३ विकेट हात पारे। रसलले १ विकेट लिए।

यस्तो रहयो सन्दीपको ओभर :

नवौं ओभरमा सन्दीपको पहिलो बलमा रदरफर्डले १ रन लिए । दोस्रो बल रस टेलरले डट खाए र तेस्रोमा सिंगल लिए । चौथो बलमा रदरफर्ड बिट भए। पाँचौ बलमा सट सिधै फिल्डरको हातमा जाँदा अन्तिम बल पनि डट नै रह्यो । पहिलो ओभरमा सन्दीपले २ रन मात्र खर्चिए ।

११ औं ओभरको पहिलो बलमा टेलरले एक रन लिए । दोस्रो बलमा सन्दीपले रदरफर्डलाई पेभेलियन फर्काए । सन्दीपको गुगलीमा ठूलो सट खेल्दा थर्ड म्यानमा रहेका मुजिबको हातमा पुगेको थियो । त्यसपछि क्रिजमा आएका किमो पललाई लगातार चार बल डट खुवाए । उनले यस ओभरमा मात्र १ रन खर्चेर १ विकेट हात पारे।

१३ औं ओभरको पहिलो बलमा टेलरले डिफेन्स गरे । दोस्रो बलमा पनि टेलरले रन जोड्न सकेनन् । तेस्रो बलमा भने टेलरले सिंगल लिँदै पललाई स्ट्राइक दिए । चौथो बलमा पलले डिप मिड विकेटतर्फ ठूलो सट खेलेपनि मूजिबले उत्कृष्ट फिल्डिङ गर्दै २ रन मात्र दिए । पाँचौ र छैटौं बलमा पल बिट हुन पुगे । तेस्रो ओभरमा सन्दीपले मात्र ३ रन खर्चिए ।

१५ औं ओभरको सुरुवाती दुई बलमा टेलरले रन जोड्न सकेनन् । तेस्रो बलमा टेलरले थर्ड म्यानतर्फ कट गर्दै १ रन जोडे । चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई बोल्ड गरे। लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनको लेग स्टम्प उडाउँदै सन्दीपले दोस्रो विकेट हात पारे । पाँचौ बलमा नविन उल हकले डट खाए । छैटौं बल गर्ने क्रममा सन्दीपले वाइड फ्याँके । त्यसपछि अर्को बल डट गर्दै सन्दीपले अन्तिम ओभरमा मात्र २ रन दिँदै विकेट लिए ।

समग्रमा उनले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट हात पारे ।

प्रकाशित मिति: : 2020-08-23 05:42:23

प्रतिकृया दिनुहोस्