स्थापना नहुँदै किन विवादित बन्यो सहकारी स्थिरीकरण कोष?

संस्था संरचना, स्वामित्व र सञ्चालन प्रक्रियामा विमति

हेमन्त जोशी

काठमाडौं

सहकारी ऐन २०७४ मा भएको स्थिरीकरण कोषसम्बन्धी व्यवस्था स्थापनाको शुरुवाती चरणमै विवादित बनेको छ। गत साउन ३२ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को स्थापना दिवसका दिन स्थिरीकरण कोषको सचिवालय उद्घाटन गर्ने भनिएकोमा अन्तिम अवस्थामा तयारी नपुगेको भन्दै रोकियो।

सहकारी ऐन २०७४ र ‘बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा संचालन कार्यविधि २०७६’ ले कोष संचालनको बढी जिम्मेवारी नेफ्स्कुनलाई पर्ने गरी दिएको छ। तर कोष स्थापना र सञ्चालनमा सबैतिरबाट नेफ्स्कुन हावी भएको र केही महत्वपूर्ण प्रकृया पुरा नगरीकनै औपचारिक उद्घाटनको तयारी भईरहेको बुझेपछि मन्त्रालय र सहकारी विभागले त्यसमा ‘अप्रत्यक्ष हस्तक्षेप’ गरेको नेफ्स्कुन निकट स्राेतले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-08-23 17:28:02

प्रतिकृया दिनुहोस्