विश्वमा चर्चित बन्दै इजरायलकी २२ वर्षीय युवती

युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच हालै कूटनीतिक सम्बन्ध स्थापित भएपछि युएईका स्थानीय मुस्लिम समूदाय इजरायलको समाचारलाई प्रमुखताका साथ ग्रहण गर्न थालेका छन्। 

यसको पछिल्लो उदाहरण बनेको छ, इजरायलकी २२ वर्षीय युवती नोआ टोलेडो। टोलेडो पछिल्लो समय आफ्नो साहसिक कार्यका लागि युएईमा मात्र होइन, विश्वभरि नै चर्चित बनेकी छिन्। 

समान्यतया गगनचुम्बी भवनको २०–२५ तल्ला माथिको झ्याल सफा गर्नु पुरुषहरूको काम ठान्ने गरिन्छ। तर इजरायलकी यी युवती आफ्नो साहसको परिचय दिँदै गगनचुम्बी भवनको माथिल्लो तलमा चढ्ने मात्र गर्दिनन्, डोरीको सहाराले हावामा झुल्लिएर झ्याल पनि सफा गर्छिन्।
 
उनको यो कार्यको विश्वव्यापी प्रसंसा भइरहेको छ। उनी यस्तो कार्य गर्दा एक हातमा आफ्नो स्मार्टफोन बोक्ने गर्छिन् र अर्को हातले सिसा सफा गर्छिन्। उनी आफ्नो कामलाई मोबाइलमा कैद गर्दै पनि आइरहेकी छिन्। उनको यही भिडियो अहिले भाइरल बनेको छ। 

उनको भिडियो हेर्नेहरू कमेन्ट बक्समा निकै उत्तेजित तथा डराउने गरेका छन्। धेरैले उनलाई सहासिक महिला भन्दै प्रसंसा गर्छन। उनले आफ्नो सोसल मिडियामा भनेकी छिन् ‘महिला त्यस्तो पनि काम गर्न सक्छिन्, जुन पुरुषसँग मात्र सिमित राखिएको छ।’ 

टिक टकमा उनको ६० हजार र इन्स्टाग्राममा ३ हजार फलोअर्स छन्। उनी इजरायलको सोसल मिडियामा निकै चर्चित छिन्। उनी विश्वभरिका महिलालाई एउटा सन्देश दिन चाहन्छिन्, ‘मलाई थाहा छैन, कति महिलाहरू म जस्तै काम गर्छन। तर, मलाई हेरेपछि पक्कै पनि उनीहरूलाई लागेको हुनुपर्छ, यस्तो काम हामी महिलाले पनि गर्न सक्छौं।’

टोलेडोको अर्को परिचय पनि छ। उनी खेलाडी पनि हुन्। उनको भनाई छ, ‘मलाई जब पुरुषहरूले गगनचुम्बी भवनको झ्याल सफा गरिरहेको देख्छन्, उनीहरू आश्चर्य मान्छन् र आफैसँग प्रश्न गरिरहेका हुन्छन्, एउटा महिलाले यस्तो काम कसरी गर्न सक्छे हँ।’

केही समयअघि मात्र रिवाइटल फ्राइडम्यान नाम गरेका एक जना पुरुषले आफ्नो अपार्टमेन्टको ब्लकको झ्याल हेलमेट लगाएर टोलेडोले सफा गरेको देखेपछि आश्चर्य चकित परेका थिए। उनले आफ्नो इन्स्टाग्राममा टोलेडोको बहादुरीको खुला हद्यले तारिफ गर्दै लेखेका छन्, ‘उनी कुनै देवीभन्दा कम लाग्दिनन्।’

टोलेडोले हालै दिएको एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘जब म आफ्नो काम पुरा गरेर तल उत्रिन्छु, मानिसको अनुहारमा असिमित खुसी देखेपछि मलाई लाग्छ, मैले आफ्नो काम राम्रोसँग फत्ते गरें।’

विश्वमा चर्चित बन्दै इजरायलकी २२ वर्षीय युवतीhttps://t.co/VQGU8epcdK pic.twitter.com/kwDjxXcMRR

— BL-News | Nepali (@breaknlinksnp) August 26, 2020
प्रकाशित मिति: : 2020-08-26 19:58:00

प्रतिकृया दिनुहोस्