सन्दीप सम्मिलित जमैका बार्बाडोसविरुद्ध खेल्दै

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १४ औं खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दैछ।

खेल बिहीबार विहान ३ः१५ देखि क्विन्स पार्क ओभलमा सुरु हुने छ। 

साविक विजेता बार्बाडोसमा अफगानिस्तानका स्पिनर राशिद खान, वेस्टइन्डिजका जेसन होल्डर, विकेटकिपर शाई होप, हेडन वाल्श, न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनार र अलराउन्डर कोरी एन्डरसन जस्ता खेलाडी छन्। 

जमैकामा मुजिब उर रहमान, आन्द्रे रसेल, ग्लेन फिलिप्स, फिडेल एडवार्ड्ससले उच्च प्रर्दशन गर्दै आएका छन्।

जमैका ४ खेलमा समान २ मा जित र हार सहित चौथौ स्थानमा छ।

बार्बाडोस ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा छ। बार्बाडोसलाई जित्नै पर्ने दबाब छ।

सन्दीपले  एक खेलमा दुई विकेट लिदा अन्य तीनमा १–१ विकेट लिएका छन्।

सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट र दोस्रो खेलमा ट्रीनबेगो नाइट राइडर्सविरुद्ध ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए।

गुयाना एमेजन वारियर्सविरुद्ध ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए।

चौथो खेलमा गुयानाविरुद्धनै ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिएका थिए। 

मुजिब ४ खेलमा ९ विकेट लिएका छन्। 

हेड टु हेडमा बार्बाडोस भन्दा जमैका अघि छ। यी दुई देशबीच सिपिएलमा कुल १४ खेल भएको छ।

जसमा जमैका ८ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ। एक खेल नतिजा बिहीन छ।
 

प्रकाशित मिति: : 2020-08-26 18:03:29

प्रतिकृया दिनुहोस्