सञ्जा जिताउन लागिपरे नगरवासी

गायन रियालिटी सो ‘नेपाल आइडल’ प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे-२ की सज्जा चौलागाईँलाई जिताउने अभियानमा नगरवासी जुटेका छन्।

बुधबार नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकालसहितका सामाजिक अगुवाको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सबैलाई आव्हान गरिएको छ।

उत्कृष्ट ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी मुलुककै एक मात्र प्रतिष्पर्धी सज्जालाई अबको शुक्रबार ५ बजेसम्मको एसएमएसमार्फत भोट गरेर नेपाल आइडल बनाउन आव्हान गरिएको हो।

एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी सोको फाइनलमा पुगेकी २३ वर्षीया सज्जालाई जिताउन उनका फ्यानहरूले फेसबुक पेजमार्फत पनि प्रचार प्रसार गरिरहेका छन्।

आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्र रूपमा उनलाई रुचाइएको देखिन्छ।

उनलाई भोट गर्न नेपालबाट NI11 टाइप गरी 37000 मा पठाउन सकिने छ। अथवा 16667709 मा डायल गरी आफ्नो मत दिन सकिने छ।

भारतमा भोडाफोन प्रयोगकर्ताले 53010, कतारमा ओरेडो प्रयोगकर्ताले 92300, मलेसियामा अलटेटेकोस प्रयोगकर्ताले 33310 मा एसएमएस गरी भोट गर्न सक्ने व्यवस्था गरिएको छ।

अनलाइन भोटिङ गर्न रेस्पेक्ट एण्ड राइजको एप्लिकेसन डाउनलोड गरेर र इसेवाबाट पनि भोट गर्ने सुविधा रहेको छ।

सज्जासँगै बर्दिबासको किरन कुमार भुजेल र बर्दियाको प्रविण बेडवाल फाइनलमा पुगेका छन्।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालिप्रसाद बाँस्कोटा र ईन्दिरा जोशी निर्णायक छन्।

प्रकाशित मिति: : 2020-08-26 18:44:13

प्रतिकृया दिनुहोस्