न फाल्न सक्छन्, न पाल्न

हिमाल दाहाल

अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। 

सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए। तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन्। उनी प्रेमीकै गाउँसम्म पुगिन्।

‘तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो’, उनले भनिन्, ‘न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै।’ फाल्नका लागि ज्यान जोखिममा पार्नुपथ्र्यो, पाल्दा समाजलाई जवाफ दिनुपथ्र्यो।

प्रकाशित मिति: : 2020-08-27 07:20:12

प्रतिकृया दिनुहोस्