वीरगञ्जमा एक सुत्केरीसहित चारकाे मृत्यु, तीनमा काेराेना संक्रमण पुष्टि

पर्साको वीरगञ्जमा दुई अस्पतालमा पछिल्लो १४ घण्टामा १४ घण्टामा तीन काेराेना संक्रमितसहित ४ जनाको मृत्यु भएकाे छ।

बुधबार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीबार विहान साढे ८ बजेसम्म चार जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बिएल नेपाली सेवालाई जानकारी दिए। 

चारजना मध्ये पर्साका २, बाराका एक र रौतहटका एक जना रहेका छन्। यी तीनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको बिहीबार बिहान साढे ८ बजे वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हिजो साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गाउँपालिका ३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो। उनी भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए। उनको भदौ ९ गते  रिपोर्ट पोजेटिभ पुष्टि भएका थियो।

उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा निमोनियका लक्षण देखिएको थियो। 

यस्तै हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपालिका मुडवलबाका ८० वर्षीय वृद्धको शंकास्पद मृत्यु भएको थियो।  वृद्ध भदै ९ गते नारायणी अस्पतालमा भर्ना भएका थिए। 

उनको स्वाब परीक्षणको लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा चौरसियाले बताए। 

त्यसैगरी, बिहीबार बिहान साढे ६ बजे बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती महिला संक्रमितमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

वीरगञ्ज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा चौरसियाले जानकारी दिए। उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएका ६२ वर्षिय वृद्ध मृगौला पीडित हुन्।

उनले एक वर्षदेखि नियमित डायालासिस गराउदै आएका थिए। उनी  साउन ३० गते  हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका थिए।

चिकित्सका अनुसार पर्सा,बारा,रौतहटमा मृत्यु हुने घटनालाई विश्लेषण गर्दा निकै भयावह अवस्था सृजना हुँदै गएकोले उच्च सतर्कता अपनाउन सर्वसधारणमा अपिल गरेका छन्।

३३ हप्ते गर्भवतीको मृत्युले निकै चिन्तित तुल्याएको डा उदयनारायण सिहले बताए। 

‘कोरोनाले कसको ज्यान लिन्छ भन्ने कुरा यकिन गर्न गाह्रो छ,’उनले भने, ‘त्यसकारण सबैमा जनचेतना र अनुशासन पालना गर्न अनुरोध गर्छु।’

योसँग पर्सामा कोरोना संक्रमणले मृत्यु हुने संख्या ३४ पुगेको छ। जसमा दुई जना भारतीय र एउटा वेवारिसे लास पनि छ। 

त्यसैगरी वीरगञ्जको विभिन्न अस्पतालमा उपचारको क्रममा बाराका ११, रौतहटका २ गरि कुल ४७ जनाको मृत्यु भएको  छ।

प्रकाशित मिति: : 2020-08-27 11:27:49

प्रतिकृया दिनुहोस्