कोरोना नियन्त्रणमा तीन तहका सरकारबीच नै छैन समन्वय

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या ४ हजार १९ पुगेको छ । काठमाडौंमा ३ हजार १ सय ८५, भक्तपुरमा भक्तपुरमा ३ सय २४ र ललितपुरमा ५ सय १० संक्रमित छन् । कोरोनाका कारण उपत्यकामा २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंमा १७, भक्तपुरमा ३ र ललितपुरमा २ जना छन् । संक्रमित मध्ये ८ सय ४४ जना निको भएर घर फर्किएका छन् । 

उपत्यकामा संक्रमितको सङ्ख्या बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले ३ भदौबाट १० गतेसम्म जारी गरेको निषेधाज्ञा १७ गतेसम्म पु¥याइको छ । तर यो अवधिमा कोरोना नियन्त्रणका लागि प्रभावकारी नभएको सरकारी अधिकारीहरु नै बताउँछन्  । परीक्षणका दायरा नबढेको, कन्ट्याक्ट ट्रेसिङ नभएको, आइसोलेसन र क्वारेन्टाइन निर्माणमा सरकार चुकेको विज्ञहरुको भनाइ छ ।  

प्रकाशित मिति: : 2020-08-27 13:07:21

प्रतिकृया दिनुहोस्