अनिता लामा
प्रिय अर्जुन !
नभुल्नु काँधमा गाण्डिव बोकाएर
हृदयमा गीता पठाएर
टाउकोमा तिर खोप्नसक्छ कृष्णले
होस् गर्नु ऊ युद्ध सुरु हुनुअघि मात्रै कृष्ण थियो,
युद्ध भएपछि ऊ रणभूमिको प्रतिस्पर्धी भएको छ।
प्रिय योद्धा !
आँखामा पट्टी बाँधेर गान्धारी
पाण्डवहरूलाई कबुलाउन सक्छन् सामूहिक बलात्कारी
मुखमा पट्टी बाँधेर द्रौपधी
पाण्डवहरूको माग्नसक्छ सर्वश्वहरण
किनकि यो रक्तमुछेल धर्मयुद्ध होइन
अँधेरीलाई बदल्ने स्वेत क्रान्ति हो।
क्रान्तिको समय जुनै बेला एम्बुस पर्नसक्दछ
आँधी/हुण्डरीको धक्का आउन सक्दछ
त्यसैले काँधपछाडि पनि आँखा पुर्याउनु
तिमी योद्धा हौ
आफ्नै काँधले माग्नसक्छ गर्धनको मूल्य
आफ्नै छातिको ओतले थाप्नसक्छ अचानो
त्यसैले त भनेको
क्रान्ति जित्ने कुरा मात्र होइन
हासिल गर्ने कुरा हो
युद्धभूमि होस् वा वीरभूमि
मातृभूमिलाई उभाउने कुरा हो
तिमी छाती धारिलो उध्याइरहनु
म गाण्डिवमा ताँदो तयारी गरुँला
म तिम्री जेसुम !
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया