अनिता लामा
प्रिय अर्जुन !
नभुल्नु काँधमा गाण्डिव बोकाएर
हृदयमा गीता पठाएर
टाउकोमा तिर खोप्नसक्छ कृष्णले
होस् गर्नु ऊ युद्ध सुरु हुनुअघि मात्रै कृष्ण थियो,
युद्ध भएपछि ऊ रणभूमिको प्रतिस्पर्धी भएको छ।
प्रिय योद्धा !
आँखामा पट्टी बाँधेर गान्धारी
पाण्डवहरूलाई कबुलाउन सक्छन् सामूहिक बलात्कारी
मुखमा पट्टी बाँधेर द्रौपधी
पाण्डवहरूको माग्नसक्छ सर्वश्वहरण
किनकि यो रक्तमुछेल धर्मयुद्ध होइन
अँधेरीलाई बदल्ने स्वेत क्रान्ति हो।
क्रान्तिको समय जुनै बेला एम्बुस पर्नसक्दछ
आँधी/हुण्डरीको धक्का आउन सक्दछ
त्यसैले काँधपछाडि पनि आँखा पुर्याउनु
तिमी योद्धा हौ
आफ्नै काँधले माग्नसक्छ गर्धनको मूल्य
आफ्नै छातिको ओतले थाप्नसक्छ अचानो
त्यसैले त भनेको
क्रान्ति जित्ने कुरा मात्र होइन
हासिल गर्ने कुरा हो
युद्धभूमि होस् वा वीरभूमि
मातृभूमिलाई उभाउने कुरा हो
तिमी छाती धारिलो उध्याइरहनु
म गाण्डिवमा ताँदो तयारी गरुँला
म तिम्री जेसुम !
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया