उपत्यका भित्र ३० प्रहरी कार्यालयका २०५ प्रहरीमा कोरोना संक्रमण पुष्टि (सूचीसहित)

नेपाल प्रहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांक पाइएको छ। प्रहरी प्रधान कार्यालयदेखि जिल्ला–जिल्लामा कार्यरत अधिकांश प्रहरी अधिकारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

पछिल्लो समयमा अग्रपन्तीमा रहेर कामगर्ने सुरक्षाकर्मीनै बढी संक्रमित हुन थालेका हुन्।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका अनुसार काठमाडौं उपत्यकामा मात्रैं २०५ जना प्रहरी अधिकारीमा कोरोनो संक्रमण देखा परेको छ।

आयुक्तको कार्यालयदेखि उपत्यका भित्रका विभिन्न ३० युनिटमा कार्यरत २ सय ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्ररमित २ सय ५ जना मध्ये १ सय ८४ जना उपचार गराईरहेको छन् भने २१ जना उपचारपछि काममा फर्किएका छन्।

आयुक्त कार्यालयका अनुसार सोही कार्यालयमा कार्यरत ७ जनामा कोरोना देखिएको छ। जसमा ४ जनाको उपचार भईरहेको छ, भने ३ जना उपचारपछि काममा फर्किएका छन्।

त्यसैगरी काठमाडौं परिसरमा २ जनामा कोरोना देखिएको छ। त्यस्तै ललितपुर परिसरमा १ र भक्तपुरमा २ जनामा कोरोना देखिएको छ।

त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखामा ३४ जनामा कारोना देखिएको छ। त्यसमा ३० जनाको उपचार भईरहेको छ, भने ४ जना निको भएर काममा फर्किएका छन्।

त्यसैगरी महानगरीय प्रहरी वृत्त महाराजंजमा २३ जनामा कोरोना संक्रमण देखा परेको छ।

त्यस्तै गौशालामा १० जना, जनसेवामा १३ जना, लैनचौरमा ५ जना, स्वयम्भुमा ४ जना, कालीमाटीमा २ जना, बालाजुमा २ जना, ट्राफिक प्रहरी वृत्त जनसेवामा १२ जनामा कारोना देखा परेको छ।

ट्राफिक प्रहरी महाशाखासहित ८ चौकीमा कोरोना संक्रमण

महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखालगाएत उपत्यकाका ८ स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ६९ जनामा कारोना संक्रमण देखा परेको छ।

ट्राफिक प्रहरीमा कारोना संक्रमण देखा परेका ४ जना उपचारपछि काममा फर्किएका छन् भने बाँकीको उपचार भईरहेको छ।

आयुक्त कार्यालयका अनुसार ट्राफिक महाशाखामा २३ जनामा कोरोना देखा परेको छ। त्यसैगरी ट्राफिक प्रहरी वृत्त थापाथलीमा कार्यरत १६ जना, सोहखुट्टेमा ६ जना, महाराजगंजमा ९ जना, ट्राफिक प्रहरी वृत्त जनसेवामा १२ जना, कोटेश्वरमा १ जना, गौशालामा १ जना र भक्तपुरको कमलबिनायकमा १ जनामा कारोना संक्रमण देखा परेको छ।

कोरोनासँग हामी लड्दैछौं, दैनिक कार्यमा कुनै असर पर्न दिएको छैनौं: डीआईजी पोखरेल

संक्रमण देखा परेका प्रहरी कर्मचारीको उपचारमा कुनै कमी आउन नदिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

‘भ्यालीका धेरै प्रहरी युनीटमा कोरोना संकरण देखा परेको छ। र कोरोना लाग्यो भन्दैमा हामीले आफ्नो दैनिक कार्य छाडेका पनि छैनौं,’ उनले भने, ‘शान्ति सुरक्षा र नागरिकको सेवामा कमि हुन दिएका छैनौं र दिन्नौं पनि।’

कोरोना संक्ररमित प्रहरीबाट अन्यलाई संक्रमण फैलिन नदिन विषेश सावधानी पनि अपनाएको डीआईजी पोखरेलले बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘हामीले कोरोना लागेका कर्मचारीलाई सुरक्षीत तवरबाट उपचार गराइरहेका छौं, लागेकालाई निको बनाउने र नलागेकालाई फैलनबाट रोख्न हामी सचेत छौं,’ उनले भने।

‘कोरोना लाग्यो भन्दै हामी डराएका छैनौं, नागरिकको रक्षा र कोरोना संक्रमण रोख्न २४ सैं घण्टा सडकमा खटिएका छौं, ड्यूटिमा खट्नेलाई मनोबल उच्च राखेका छौं’, डीआईजी पोखरेलले भने।

प्रहरीले सावधानी नअपनाइएको भए यो संख्या अझै बढी हुने भन्दै पोखरेलले नेपाल सरकारको परिपत्रअनुसार प्रहरीले आफ्नो प्रोटोकल पूरा गरेका कारणले धेरै कम जनशक्ति संक्रमित भएको दाबी गरे। 

सेवाग्राहीले अपनाउनुपर्ने सावधानी नअपनाएकाले प्रहरी कोरोनाको मारमा परेको उनको तर्क छ । अर्थात्, आफ्नो काम–कारबाहीमा कमी हुन नदिएका कारण प्रहरीमा कोरोना देखिएको उनको दाबी छ । त्यसको बाबजुद पनि अहिले आवश्यक जनशक्ति परिचालन गरेर सेवा जारी राखिएको उनले जनाए।

तर पछिल्लो समय प्रहरी बढी संक्रमित हुनुको पछाडि आफ्नै लापरबाही प्रमुख कारण रहेको देखिन्छ। फिल्डमा खटिने प्रहरीलाई चाहिने आवश्यक स्वास्थ्यसामाग्रीको परिपूर्ति नगरिदिँदा अहिले प्रहरी बढी कोरोना संक्रमित हुन थालेका हुन्।

नेपालमा करिब ७२ हजारको हाराहारीमा प्रहरी छन्। मुलुकभित्रको शान्ति सुरक्षा कायम गरी जनताको जिउधनको रक्षा गर्नु जसको मुख्य काम हो ।

 

PCR पोजेटिभ देखिएका प्र.क.हरुको संख्यात्मक विवरण (मेट्रो मातहत कार्यरत मात्र) 
सि.नं. कार्यरत कार्यालय जम्मा संक्रमित उपचारत  डिस्चार्ज
मनप्रका रानीपोखरी
मनप्र परिसर काठामाण्डौ
मनप्र परिसर ललितपुर
मनप्र परिसर भक्तपुर
म.न.प्र. अपराध महाशाखा, टेकु
म.न.प्र.ट्रा.महाशाखा ३४ ३०
म.न.प्र. पहरा गण सामाखुसी 
म.न.अ.स.प्र. गुल्म जगन्नाथदेवल ३२ ३२
! ;o
१० नारायणहिटी गारद गुल्म नारायणहिटी
११ म.न.नगर प्रहरी भृकुटीमण्डप
१२ म.न.प्र. वृत्त महाराजगंज २३ २२
१३ म.न.प्र. बृत्त गौशाला १०
१४ म.न.प्र. बृत्त लैनचौर
१५ म.न.प्र. बृत्त स्वयम्भु
१६ म.न.प्र. वृत्त जनसेवा १३ १३
१७ म.न.प्र. वृत्त मालीगाउँ
१८ म.न.प्र.बृत्त कालिमाटी
१९ मनप्र बृत, बालाजु
२० मनप्र बृत्त स्वयम्भु
२१ म.न.प्र. वृत्त सिंहदरवार
२२ म.न.प्र. वृत, ठीमी भक्तपुर
२३ म.न.प्र. वृत्त सातदोबाटो
२४ म.न.प्र. प्रभाग पुल्चोक
२५ म.न.ट्रा.प्र. वृत जनसेवा १२ १२
२६ म.न.ट्रा.प्र. वृत महाराजगञ्‍ज
२७ म.न.ट्रा.प्र. वृत्त सोह्रखुट्टे
२८ म.न.ट्र.प्र. प्रभाग कोटेश्वर
२९ म.न.ट्रा.प्र.गौशाला
२९ म.न.प्र.ट्रा.प्रभाग थापाथली १७ १६
३० मनट्राप्र प्रभाग कमलविनायक
जम्मा   २०५ १८६ २१
प्रकाशित मिति: : 2020-08-27 14:35:00

प्रतिकृया दिनुहोस्