महाविपतमा खटिरहेका नायकहरुलाई सुगम पोखरेल र प्रारम्भ भण्डारीको ‘धन्यवाद’ (भिडियो)

गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले महाविपतको समयमा फ्रन्टलाइनमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुक्षाकर्मीलगायतलाई समर्पित गर्दै ‘धन्यबाद’ सार्वजनिक गरेका छन् ।

सुगम पोखरेलको शब्द तथा संगीत रहेको गीत बिहीबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । 

गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरसजस्तो विपदमा हरेस नखाई  लड्नुपर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनी खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सलाई यस गीतमार्फत धन्यवाद दिइएको  छ  । 

गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश  बज्राचार्यको छ ।

प्रकाशित मिति: : 2020-08-27 23:25:14

प्रतिकृया दिनुहोस्