पर्सा, बारा, रौतहट र सर्लाहीमा थपिए ५७ संक्रमित

प्रदेश २ का ४ जिल्लाबाट ५७ जना संक्रमित थपिएका छन्। 

नारायणी अस्पताल वीरगञ्जमा बिहिबार ३०८ जनाको स्वाबको नमुना  पीसीआर परीक्षण गर्दा पर्सा, बारा, रौतहट र सर्लाही गरि ५७ जना संक्रमित थपिएका हुन्।

संक्रमित हुनेहरुमा १७ महिला र ४० पुरुष रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार पर्साका ४२, बाराका १३, रौतहटका २ र सर्लाहीका १ जना गरि कुल ५७ जना संक्रमित थपिएका छन्। थपिएका संक्रमितहरु वीरगञ्ज महानगरका विभिन्न वडा तथा ग्रामिण भेगका केही पालिकाका रहेका छन्। 

बिहीवार रातिको गरिएकाे परीक्षणको करिब १७ प्रतिशत पोजेटिभ नतिजा आएको हो।

तर, विगतको सिटि भ्यालुभन्दा अहिलेको पोजेटिभ केसमा सिटि भ्यालु २४ भन्दामाथि उक्लेको देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्जयकुमार ठाकुरले बताए।

सिटि भ्यालु बढि आउनुको मतलब संक्रमितमा भाइरस लोड कम हुनु हो। पर्सामा विगत ५ महिनामा २ हजारभन्दा बढीको हाराहारीमा संक्रमितहरु पुगिसकेका छन्।

प्रकाशित मिति: : 2020-08-28 10:09:00

प्रतिकृया दिनुहोस्