इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि हाल युएईमा रहेको चेन्नाई सुपर किंग्सका एक खेलाडीसहित १२ जनामा कोरोना संक्रमण भएको छ।
सेप्टेम्बर १९ देखि युएईमा सुरु गर्ने तयारी रहेको १३औं संस्करणको आईपीएल खेल्न युएई पुगेको थियाे। संक्रमण हुनेमा एकजना फास्ट बलर रहेको छन्। संक्रमित हुनेमा एकजना सोसियल मिडिया टिमका छन् र बाँकी १० जना सपोर्ट स्टाफ हुन्।
अहिले उनीहरु सबै जना सेल्फ आइसोलेसनमा बसेका छन् र कुनै लक्षण नदेखिएको नजाइएको छ। कोराेना संक्रमण हुने खेलाडीको नाम भने खुलाइएको छैन।
आईपीएल २०२० का लागि सहभागी ८ वटै टिम अहिले युएई पुगिसकेका छन्। युएई पुगेका सबै खेलाडी र स्टाफहरुको कोरोना परीक्षण गरिनेछ र अनिवार्य ६ दिन होटलमा क्वारेन्टाइनमा बस्नुपर्नेछ।
क्वारेन्टाइन अवधि सकिए पनि कोरोना संक्रमण देखिएपछि चेन्नाईको प्रशिक्षण सुरु हुन ढिलाइ भएको छ। चेन्नाई अगष्ट २१ मा यूएई पुगेको थियो र उनीहरुको क्वारेन्टिन अवधि थप एक साता लम्बिएको छ। चेन्नाई सुपर किंग्सले हेल्थ अफिसियल र बीबीसीआईको एसओपी अनुसार सबै सेफ्टी प्रोटोकल पालना गरिरहेको छ।
यता किंग्स ११ पञ्जाव राजस्थान रोएल्स र रोएल च्यालेन्जर्स बैंगलोरले ६ दिनको क्वारेन्टाइन अवधी सकाएर प्रशिक्षणसमेत थालिसकेका छन्।
कोरोना भाइरसको संक्रमण भारतमा बढ्न थालेपछि यस सिजन आइपीएल युएईमा गर्न लागिएको हो। त्यसको लागि भारत सरकारले अनुमति दिइसकेको छ र युएईको क्रिकेट बोर्डले पनि सघाउने भएको छ।
तर अहिलेसम्म प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छैन। यद्यपि सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्सबीच खेल हुने सार्वजनिक भइसकेको छ।