आइतबार, २० जुलाई २०२५

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी

File Photo
• • •

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा प्रतीकविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति दिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए।

यही प्रकरणमा आजै पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उक्त प्रकरणमा संलग्न रहेकाे आराेपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रकाउ परिसकेका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा यसअघि प्रहरीले पूर्वगृहमन्त्री खाँण, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ।

पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई भने फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उक्त प्रकरणमा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरण: उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पनि पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहसचिवदेखि उच्च राजनीतिक नेतृत्व अनुसन्धानको दायरामा

भुटानी शरणार्थी प्रकरणले ओलीलाई संकट

नक्कली शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

2023-05-14 13:09:00
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?