संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर विस्तारलाई जोड दिएका छौं

नेपाल लाइभ

काठमाडौँ

सरस्वती खड्का

कसैले कल्पनासमेत नगरेको महामारीले हामीसामु निकै ठूलो चुनौती थपिदिएको छ। याे चुनौतीसँग जुध्न हामीले सक्दो पहल गरिरहेका छाै‌ं। गत चैत ११ गतेदेखि लकडाउन भयो। त्यसयता म कुनै दिन घर बसेको छैन। हरेक दिन जनताको सेवामा खटिएकी छु। हाम्रो कीर्तिपुर नगरपालिका पुरै खटिएकाे छ। तर यसरी खट्दाखट्दै पनि नगरवासीमा कोरोना संक्रमण देखिन थालेको छ। सुरुमा प्रभावित जिल्लाबाट आएकाहरुमा देखिएको कोरोना अहिले नगरपालिकाका केही स्थानीयमा समेत देखिन थालेको छ। बिहीबारसम्म संक्रमितको संख्या ३६ पुगेको छ। शुक्रबारको विवरण आइसकेको छैन। 

अर्कातिर कोरोनाले अर्थतन्त्र पनि धरासायी बनाएको छ। कोरानाका कारण उत्पादनमूलक कामहरु प्रायः ठप्प हुँदा जनतामाथि अर्को समस्या थपिएको छ। दिनभरि काम गरेर बिहान-बेलुका छाक टार्ने वर्गलाई अहिले निकै समस्या परेको छ। मध्यम वर्ग तथा व्यापार, व्यवसाय गर्नेहरुको समस्या पनि आफ्नै छ। नगरपालिका समस्याले जेलिएको छ। हामीमाथि चुनौति थुपिएका छन्। तर पनि हामीले विकास निमार्णका केही काम अहिले पनि गराइरहेका छौं। भौतिक दुरी कायम राख्दै ठाउँ-ठाउँमा सञ्चालन भइरहेका सडक, बाटोघाटो निर्माणका कामलाई निरन्तरता दिएका छौं।

प्रकाशित मिति: : 2020-08-29 08:20:43

प्रतिकृया दिनुहोस्