गण्डक अस्पतालमा रौतहटका ४० वर्षीय संक्रमितको मृत्यु

वीरगञ्जमा उपचारको क्रममा आइतवार रौतहका थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा विहान साढे ७ बजे रौतहट राजपुर, तुलसीका ४० वर्षीय संक्रमितको मृत्यु भएको  प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार मधुमेह तथा कडा निमोनियाका ४० वर्षे संक्रमितलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार गरिरहेका थिए। योसंँगै रौतहटका ५ जना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जमा पर्सा, बारा, रौतहट र दुई भारतीय नागरिकको गरी कुल ५० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: : 2020-08-30 10:01:08

प्रतिकृया दिनुहोस्