वीरगञ्जमा नि: शुल्क खान खुवाउँदै आएको सानो पाइलाका २९ जनामा कोरोना

नि:शुल्क खाना खुवाउँदै आएको सानो पाइला पुनर्स्थापना केन्द्रका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

वीरगञ्ज ८ पानीट्यांकीमा रहेको लागूऔषध प्रयोगकर्ताहरुको लागि सञ्चालनमा रहेको सुधार गृहका ४ जना कर्मचारी र २५ जना लागूऔषध प्रयोगकर्तामा कोरोना संक्रमण भेटिएको कार्यकारी निर्देशक कन्चन झाले पुष्टि गरे।

उनका अनुसार उनीहरु सबैकाे स्वाब शुक्रबार संकलन गरेर नारायणी अस्पताल परीक्षण गरिएकाे थियाे।

‘शुरुदेखि नै पूर्ण रुपमा सिल लक गरी समाजिक सेवामा जुटेका थियौं,’ उनले भने, ‘भित्रका मानिस बाहिर आउजाउ गरेका छन् कि खरिद गरिएको सामान वा त्यहाँ स्वास्थ्य अवस्था परीक्षण गर्न गएका डाक्टरबाट सर्‍यो कि, यकिन साथ भन्ने अवस्था छैन।’

३३ जनामध्ये ४ जना नेगेटिभ नतिजा आएकालाई छुट्टै ठाउँमा सिफ्ट गरिएको झाले बताए।

संस्थाले गत वैशाख दोस्रो सातादेखि करिब १० दिन वीरगञ्जमा अत्याआवश्क औषधि  रक्सौलबाट मागएर पर्सा प्रहरीको हेल्प डेस्कको सहकार्यमा वितरण गरेको थियाे भने अल्पाइन हस्पिटलमा पकाएको खानेकुरा पनि वीरगञ्जको नारायणी र गण्डक कोभिड अस्पतालका करिब ६ सय संक्रमितलाई खुवाएको थियो । 

तर पछिल्ल्लो समय जेठदेखि पुर्नस्थापना केन्द्रका प्रयोगकर्ता र कर्मचारीहरुको मात्र खाना त्यहाँ पाक्ने गरेको सानो झाले बताइन्।

नारायणी अस्पतालाई स्वाब संकलन गर्ने सुरक्षित अस्थायी क्याबिन, भेन्टिलेटर र सिस्टर रोबोट पनि संस्थाले नारायणी अस्पतालाई उपलब्ध गराएको छ भने कैदी, थुनुवा र सुरक्षाकर्मीका लागि पनि रानीसती धर्मशाला, कलवार धर्मशालामा निशुल्क भोजन गराउने गरेको छ। त्यसैगरी, आफ्नै खर्चमा ड्राईपोर्टको वाटिका इन्टरनेसनल होटलमा पनि संक्रमितको व्यवस्थापन र खानाको व्यवस्थापन मिलाएको छ।

प्रकाशित मिति: : 2020-08-30 19:40:23

प्रतिकृया दिनुहोस्