लियोनले सातौंपटक उचाल्याे महिला च्याम्पियन्स लिगको उपाधि

फ्रान्सेली क्लब लियोनले कीर्तिमानी सातौंपटक यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। आइतबार भएकाे खेलमा जर्मन क्लब वल्फ्सबर्गलाई ३-१ ले पराजित गर्दै लियोन उपाधि जित्न सफल भएकाे हाे।

लियोनले खेलको २५ औँ मिनेटमा इउजिनले सोम्मरको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जापानी मिडफिल्डर साकी कुमागाइले गोल गर्दै लियोनको अग्रता दोब्बर पारिन्।

दोस्रो हाफमा वल्फ्सबर्गका एलेक्जेन्डर पपले  ५५ औँ मिनेटमा हेडरमार्फत गोल गरिन्।

खेलको ३ मिनेट समय बाँकी रहँदा सारा जर्क गुनासडटिरले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याइन्। त्यसप५ि कुनै गाेल हुन नसक्दा लियाेले लिगको उपाधि उचाल्याे।

 लियोनले सन् २०१६ यता लगातार पाँचौपटक च्याम्पियन्स लिग उपाधि जितेको हो।

प्रकाशित मिति: : 2020-08-31 06:02:54

प्रतिकृया दिनुहोस्