मुर्तिजस्ता मुख्यसचिव

काठमाडौं- कर्णध्वज अधिकारीपछि अर्थसचिव र गृहसचिव हुँदै मुख्यसचिव हुने भाग्यमानी पात्र हुन् लोकदर्शन रेग्मी। तत्कालीन नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थसचिव भएका रेग्मी त्यसलगत्तै तत्कालीन नेकपा (माओवादी) र नेपाली कांग्रेस गठबन्धन सरकारको गृहसचिव भए। प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा तत्कालीन विमलेन्द्र निधिलाई सबै हिसाबले साथ दिने रेग्मी नै थिए। 

तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएर मनिला जाने भएसँगै भावी मुख्यसचिव कसलाई बनाउने भन्ने खेल सुरु भयो। सुवेदीको उत्तराधिकारीको रूपमा राजेन्द्रकिशोर क्षेत्रीलाई अघि सारियो। ४ महिना पनि कार्यकाल नभएका क्षेत्रीलाई अघि ल्याउनुको उद्देश्य थियो, उनीपछि रेग्मीलाई मुख्यसचिव बनाउने। 

२०७४ कात्तिकमा क्षेत्रीले उमेर हदका कारण अवकाश पाएसँगै शंकरप्रसाद अधिकारी र रेग्मी मुख्यसचिवको दाबेदारका रूपमा देखिए। अधिकारीलाई अर्थसचिव बनाइयो भने रेग्मीलाई मुख्यसचिव। रेग्मीलाई मुख्यसचिव तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएका थिए। 

चुनावपछि वाम गठबन्धन सत्तामा आयो। धेरैको आँकलन थियो अब मुख्यसचिवलाई केही अफ्ठेरो हुन सक्छ। तर सबैका प्रिय रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सजिलै आफ्नो बनाए। प्रधानमन्त्रीको विश्वासपात्र बनेर कार्यकाल पूरा गर्दै ‘ग्रेसफुल एक्जिट’को तयारी गरेका छन् मुख्यसचिव रेग्मी। 

प्रकाशित मिति: : 2020-08-31 23:44:22

प्रतिकृया दिनुहोस्