अनेरास्ववियु विवाद उत्कर्षमा : तामाङलाई कारबाही गर्न महरपक्षको माग, प्रतिकार गर्न तयार रहेको तामाङको चेतावनी

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियुमा विवाद चर्किएको छ। संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङपक्षीय विवादको लप्कोले संगठनलाई भित्रभित्रै सल्काइरहेको छ।  

गुटको भेला र विज्ञप्ति निकाल्नेबाट सुरु भएको संगठनको विवाद अहिले उत्कर्षमा पुगेको छ। संगठन एक भए पनि अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थी नेताले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय विद्यार्थी नेतालाई थाहै नदिई भेला गर्न थालेपछि विवाद सतहमा देखा परेको हो। 

प्रकाशित मिति: : 2020-09-01 10:55:02

प्रतिकृया दिनुहोस्