क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार व्यहोरेको छ।७ यसअघि तीन जित र तीन हार भएको तलावाज मंगलबार राति ट्रिनबागो नाइट राइडर्सविूद्धको आफ्नो सातौ खेलमा १९ रनले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।
१ सय ८५ रनको लक्ष्य पछ्याएको तलावाजले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो। पहिलो बलमै चाडविक वाल्टनको विकेट गुमाएको तलावाजले त्यसपछि सम्हालिएर खेल्न सकेन। रसेल र ब्रेथवेटले अन्तिमतिर गरेको प्रयास पनि पर्याप्त भएन।
बोनर र फिलिप्सले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै केही आशा जगाए पनि फिलिप्सले ३१ बलमा ४१ रन, बोनरले ३० बलमा २६ रन बनाएर आउट भए। रसेलले २३ बलमा अविजित ५० रन बनाए पनि हार टार्न सकेनन्। ब्रेथवेटले १६ बलमा अविजित २१ रन बनाए।
यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । नाइट राइडर्सलाई बलियो योगफमा पुर्याउन कोलिन मुनरोले ५४ बलमा १० चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा अविजित रहे ।
चौथो विकेटका लागि मुनरो र पोलार्डले ७३ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफमा पुर्याए। राइडर्सलाई ओपनर सुनिल नारायणले ११ बलमा ५ चौका र १ छक्का सहित २९ रन जोड्दै आक्रामक सुरुवात दिलाए । कार्लोस ब्रेथवेटले तेस्रो ओभरको चौथो बलमा विकेटकिपर ग्लेन फिलिप्सबाट नारायणलाई क्याच आउट गराएका थिए।
दशौं ओभरको तेस्रो बलमा सन्दीपले अर्का ओपनर लेन्डल सिमन्सलाई २५ रनमा मुजिब उर रहमानबाट क्याच आउट गराए । सिमन्सले २८ बलमा २ छक्का प्रहार गरे । सन्दीपले मुनरो र सिमन्सले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि मुनरोले टिम सिफर्टसँग मिलेर ३३ रन जोडे । सिफर्टलाई फिडेल एडवार्ड्सले १५ औं ओभरको दोस्रो बलमा सन्दीपको हातबाट १८ रनमा समताए । सिफर्टले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । जुन प्रतियोगितामा उनको १०औँ विकेट हो। मुजिबले ४ ओभरमा २६ रन खर्चदै विकेट लिन सकेनन् । फिडेल एडवार्ड्सले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।