मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।
श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने आइपिएल व्यक्तिगत कारणले नखेल्ने भएका हुन् ।
मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ । ३० वर्षीय प्याटिनसनले २१ टेष्ट, १५ ओडिआई र ४ टि२० खेलेका छन् ।