मलेसियाबाट फर्किएर कालिज र सतुवा खेतीमा पसिना बगाउँदै कालु 

शिलापत्र

काठमाडौँ

रमेश भारती

मलेसियामा ५ वर्ष काम गरेर फर्किएका नुवाकोटकाे किस्पाङ गाउँपालिकाका युवा कालु लामा अहिले कालिज पाल्न र सतुवा खेती स्याहार्नमा ब्यस्त छन् ।

५ वर्ष मलेसियाको चर्चित गाडेनिया बेकरीमा दैनिक १२ घन्टासम्म काम गरेर फर्किएका कालु अहिले आफ्नो किस्ताङ वर्ल्ड लाइट एग्रो फार्ममा विदेशमा जसरी खटिँदै छन् ।

मलेसियामा रोजगारी गर्दा कृषिलाई राम्ररी बुझेका उनले हाल आफ्नाे फार्ममा ९ सय कालिज र सतुवा खेती गरेका छन् । विदेशमा जति नै अहिले गाउँको आफ्नै बारीमा पसिना बगाइरहेको उनले बताए ।

‘विदेशमा १२ घण्टासम्म काम गर्नुपर्थ्याे । नेपालमा विदेशमा जति परिश्रम गर्नु पर्दैन । मलेसियामा ५ वर्ष परिश्रम गरेँ तर, तलबबाहेक केही पाइनँ । देशमै कृषि गर्दा खेतीबारीको स्याहार पनि हुन्छ, व्यवसायसँगै रोजगारी पनि हुन्छ,’ उनले भने, ‘विदेशबाट फर्किएर स्वदेशमै कृषिमा केही गरूँ भनेर कालिज र सतुवा खेती गर्न थालेको हुँ । भविष्यमा यसैलाई विकास गर्दै लैजाने याेजना छ ।’

प्रकाशित मिति: : 2020-09-03 13:41:42

प्रतिकृया दिनुहोस्