बन्द गार्मेन्ट धमाधम खुल्दै, ५० प्रतिशतले उत्पादन बढ्याे

शिलापत्र

काठमाडौँ

सम्झना घिमिरे

काेराेना भाइरसका कारण देशभर लागू गरिएकाे १ सय २० दिनकाे लकडाउन र त्यसपछि लागू गरिएकाे निषेधाज्ञाले विदेशबाट आयात हुने लत्ताकपडा बजारमा आउन नसक्दा पनि नेपाली उत्पादनले माग धान्न थालेको छ । लकडाउनसँगै अहिले बन्द अवस्थामा पुगेका नेपाली गार्मेन्टहरू धमाधम संचालनमा आइरहेका छन् ।

जोखिम बढ्दै गएपछि एउटा कोठा लिएर गार्मेन्ट संचालन गर्नेहरू पनि बढेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले साना तथा मझौला गार्मेन्टहरू पुनः खुल्न थालेको बताएको छ ।

महासंघका अनुसार बन्द अवस्थामा रहेका गार्मेन्टहरू बजारमा लत्ताकपडाको अभाव हुने देखिएसँगै संचालनमा आएका हुन् । संघले हाल बन्द भएका ३० प्रतिशत गार्मेन्टहरू पुनः संचालनमा आएको जनाएको हो ।

पछिल्लो समय लत्ताकपडादेखि घरका सम्पूर्ण सामान अनलाइनबाट खरिद गर्न थालेपछि लत्ताकपडाको माग बढ्न थालेको व्यवसायीहरू बताउँछन् । नेपाली उत्पादनहरूलाई अनलाइन डेलिभरी संस्थाहरूले पनि स्थान दिन थालेपछि धमाधम गार्मेन्ट संचालनमा आएका हुन् ।

प्रकाशित मिति: : 2020-09-03 18:29:27

प्रतिकृया दिनुहोस्