सन्दीप सम्मिलित जमैका र सेन्ट किट्सबीचको खेल नतिजा विहीन

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टीमा स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसबीचको खेल नतिजा विहीन सकिएको छ।

ब्रायन लारा स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सले ५.४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

जमैका ओपनर क्रिस लिन १५ बलमा २ छक्का र १ चौका २३ रन र इभिन लुईस १९ बलमा २ चौका र १ छक्का सहित २१ रनमा खेलि रहेको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो।

खेल नतिजा विहीन भएसँगै दुबै टिमले एक एक अंक पाएका छन्।

जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ। प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ।

योसँगै सेन्ट किट्स एक खेल अगावै लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। सेन्ट किट्स ९ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ। 

जमैकाले बाँकी दुई खेल मध्य एक खेलमा जित निकालेको खण्डमा सेमिफाइनलमा प्रवेश गर्ने छ। बार्बाडोस ट्राइडेन्स बाँकी दुई खेल मध्य एकमा पराजित हुँदा र यता जमैका दुबै खेलमा पराजित भएपनि सेमिफाइनलमा पुग्ने समिकरण बनेको छ।

बार्बाडोस ८ खेलमा २ मा जित र ६ मा हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ। 

यता अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ। गुयाना ९ खेलमा ५ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको छ। जुक्स ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ।

प्रकाशित मिति: : 2020-09-04 06:09:25

प्रतिकृया दिनुहोस्