भोकालाई केको निषेधाज्ञा ?

भात खान जडीबुटीदेखि रत्नपार्कसम्म

दिनेश गौतम

सुनसान पुरानो बसपार्क । मध्य दिनको टन्टलापुरा घाम । कोही पेटीमा पल्टिइरहेका थिए, कोही टपरीमा दाल र भात खाँदै थिए । एक हुल रुखको फेदमा बसेर गफिदै थिए । त्यही हुलबाट सानो बच्चा रोएको आवाज आइरहेकाे थियाे ।  

त्यहाँ एउटी महिला सानो बच्चालाई स्तनपान गराउँदै थिइन् ।  उनकी अर्की सानी छोरी भुइँमै लडिबडी गर्दै थिइन् । अन्य केही महिला र पुरुष पनि त्यही हुलमा थिए । 

‘किन यहाँ बस्नु भएको ?’ प्रश्न गर्दा एक महिलाको आवाज आयो, ‘भात कुरेर बसेको नि ।’

उनी ५९ वर्षीया राधा फुयाँल रत्नपार्कमा भात बाँड्दै गरेको थाहा पाएपछि जडीबुटीबाट हिँड्दै आएकी रहिछन् । 

‘के गर्नु पेट त भर्नुपर्‍यो ! कोठामा चामल छैन । ग्यास किन्न पैसा छैन । कति बेला ल्याउने हुन भात । अलि छिटो ल्याए पनि हुने,’ उनी भोकले छटपटाउँदै थिइन् ।

कोरोनाका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा छ ।  

जडीबुटीबाट कसरी आउनुभयो ? यस्ताे प्रश्न गर्दा उनी झोक्किइन्, ‘मलाई भोकले ल्यायो । काम पनि छैन । गिट्टी–बालुवा बोक्थेँ । अहिले त्याे पनि बन्द छ । भोक लागेपछि केकाे निषेधाज्ञा ?’

प्रकाशित मिति: : 2020-09-04 21:59:23

प्रतिकृया दिनुहोस्