पौड्यालका चार मुक्तक

लक्ष्मण पौड्याल

मोगाउँ शाखा (म्यान्मार)

यो  दिलको   मामिला   हो   उपचार  हुँदैन
प्यार  जस्तो   पवित्र   चिज  व्यापार  हुँदैन
तिमी  आफूलाई   समर्पित  गरि  दिएर  हेर 
जन्मौ  जन्मान्तर   सम्बन्धको   हार  हुँदैन


देशमा कोरोनाको महामारी भएकोछ
चिन्ता र पिरले दिमाग भारी भएकोछ
आफू सुरक्षित भइ  अरूलाई बचाउने
यही कुरा सरकारबाट जारी भएकोछ


के गर्नु  कसो गर्नु  दोधारमा छ जिन्दगी
दु:खी भई  एकलै  संसारमा छ जिन्दगी
कोसिसहरू लगातार गर्दा पनि आफैँले
सकिएन जित्न अझै हारमा छ जिन्दगी

जीवनलाई  कहिले  पनि बेकार नसम्झिनु
अर्ती अनि  उपदेशलाई  प्रहार  नसम्झिनु 
केही  समस्या आएर  दु:ख  दियो  भन्दैमा 
चिन्ता लिई यो मस्तिष्कमा भार नसम्झिनु

प्रकाशित मिति: : 2020-09-05 18:20:00

प्रतिकृया दिनुहोस्