घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन टि२० सिरिज एक खेल अगावै २–० ले जितेको छ। आइतबार राती दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो।
साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्याे।
इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहँदै जित पक्का गरे। मोईन अलीले ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे।
अष्ट्रेलियाका एश्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १/१ विकेट लिए।
इंग्ल्यान्डलाई जितका लागि अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो। १९ औं ओभरमा स्पिनर जम्पाले पाँच बलमा १८ रन खर्चिए।
इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो मिचेल स्टार्कले तेस्रो ओभरको पाँचौ बलमा ९ रनमा हिट विकेटमा आउट भएका थिए। दोस्रो विकेटका लागि जस बटलर र डेविड मलानले ८७ रनको उत्कृष्ट साझेदारी गरेबा थिए । मलान १४.२ औं ओभरमा ठूलो सट खेल्ने क्रममा ४२ रनमा क्याच आउट भए।
यता एश्टन अगरको बलमा मार्कस स्टोइनिसबाट क्याच भए। मलानले ३२ बलमा ७ चौका प्रहार गरे। टम ब्यान्टन २ र कप्तान ओईन मोर्गन ७ रनमा आउट भए। अगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० बनाए। उनले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।
यता मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए।
यस्तै ग्लेन म्याक्सवेलले २६ रन जोडे। म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए।
एस्टन अगरले २३ रन बनाए। अगरले २० बलमा २ चौकासहित २३ रनमा रन आउट भए।
डेभिड वार्नर सुन्य रनमा आउट हुँदा स्टिभ स्मिथले १० रन जोडे। स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरेका थिए।
प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए। यस अघि पहिलो खेलमा इंग्ल्यान्ड २ रनले विजयी भएको थियो। तेस्रो खेल साउथह्याप्टनमै मंगलबार हुने छ।