बास खोसिएका श्रमिक : सडक पेटीमा निदाउने प्रयास

नेपाल लाइभ

काठमाडौँ

निमेष जंग राई/ऋग्वेद शर्मा/शिव बोहरा

यो समयको सबैभन्दा ठूलो मारमा छन् श्रमिक। जो सरकारको नजरमा छैनन्। केही अघिसम्म गाँसको मात्र चिन्तामा भएका श्रमिकमा अहिले बासको चिन्ता उसैगरी बढेको छ। गाँसको जोहो जसोतसो भए पनि भाडाबिना सहरमा बासको जोहो कसरी हुनु!

आदेशमा दिउँसै शान्त बनाइएको सहरमा रातको समयमा श्रमिकको निश्वास डरलाग्दो गरी ठूलो सुनिन्छ। तर त्यो आवाजको संकेत सुन्नुपर्नेले सुनिरहेका छैनन्। सडक बीचमा कराइरहेका कुकुर र मनमा चलिरहेका अनेक प्रश्नले सडक पेटीमा निदाउने प्रयास गरिरहेका श्रमिक निदाउन सकेका छैनन्। हुन पनि निदाउन आँखाभन्दा पहिले मन निदाउनु पर्दो रहेछ।

प्रकाशित मिति: : 2020-09-09 21:51:55

प्रतिकृया दिनुहोस्