भैरवको न रह्यो दृष्टि, न रह्यो सृष्टि

कृष्णउदास खनाल

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को एक घर । टीनले छाएको छ। एउटा कोठा बन्द छ अर्को कोठामा चारजना छन् । करिब पाँच बर्ष अघिससम्म भैरव बिक्रम राणाले आँखा देख्नु हुन्थ्यो । एक्कासी दृष्टि गुमेपछि उहाँ दृष्टिबिहिन भए अनि मागेर खानु पर्ने बाध्यता आइलाग्यो । श्रीमती पनि थिए उहाँका एउटा होइन तीनवटा सबैले छाडे। जेठी श्रीमतीबाट एउटा छोरो जन्मिएको थियो नागरिकता बनाइदिएपछि उसले पनि भैरव बिक्रमलाइ हेर्न छाड्यो ।

अनि दुःखका दिन शुरु भयो भैरवका । हेटौंडाको घरघरमा मागेर हिड्नुपर्ने दिन आयो उहाँको । माग्दै गर्दा कान्छी पत्नीको रुपमा अहिले सुमिष्ता हुनुहुन्छ । सुमिष्ता बिकले भैरवसंग विवाह गरेको बताउनुभयो तर उहाँको उमेर विवाह गर्ने भएको छैन । भर्खर १६ मा लाग्नु भएको त छ तर विवाह दर्ता भएको छैन । माइतीबाट हेंला भएपछि आफूले पनि साहारा खोजेको र भैरव साहरा पाएकाले अब आफू जीवनभर भैरवको सेवा गरेर बस्ने बताउनुभयो । अहिले त मकवानपुर क्षेत्रमा पनि लकडाउन छ। माग्न पनि कोरोनाको डरले गर्दा गाहो छ अनि छाक टार्न नै समस्या भयो भैरव र सुमिष्तालाई ।

 

 

प्रकाशित मिति: : 2020-09-12 19:11:08

प्रतिकृया दिनुहोस्