कोरोनाकाे ‘हटस्पट’ वीरगञ्जमा कार्यरत बिएलकर्मी विमला गुप्तासहित २५ पत्रकार सम्मानित

कोरोनाको ‘हटस्पट’ वीरगञ्जमा कार्यरत बिएलकर्मी विमला गुप्तासहित २४ पत्रकारलाई सम्मान गरिएको छ। 

 नेपाल पत्रकार महासंघको सभाहलमा भाइजान्स अफ वीरगञ्ज (बिओबी) नामक संस्थाले शनिबार एक कार्यक्रममा आयाेजना गरेर उनीहरुलाई सम्मान गरेको हो। 

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ प्रदेश  २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारासहित बिबिसी नेपालीकी माधुरी महतो, अंकुश दैनिकका सन्तोष रंजितकार, एभी न्युज टिभीका राजन रौनियार, न्यूज २४ का जाकिर हुसेन, न्यूज प्वान्टका मन्सुर खान र रेडियो वीरगञ्जका ध्रुर्व शाह, विमला गुप्ता र पर्सा पोस्ट साप्ताहिकका अजित भुजेल रहेका छन्। 

यस्तै राजधानी दैनिकका विजय भण्डारी, एभिन्युजका राजन रौनियार,जी नेपाल टेलिभिजनका दीपु वर्णवाल, नेपाल टेलिभिजनका नेहाल खान, कान्तिपुर दैनिकका भुषण यादव, जनता टेलिभिजनका सन्जिव मिश्र, रातोपार्टीका अमित अग्रवाल, न्यूज २४ का जाकिर हुसेन, अंश दैनिकका सन्तोषमान रन्जितकार र पर्सा पोष्टका प्रकाशक अजित कुमार भुजेललाई पनि सम्मान गरिएको छ।

यता, न्यूज प्वाईन्टका मन्सुर खान, बीरगंज सन्जालका कृष्णा श्रीवास्तव , प्रहार डेली डटकमका राहुल गुप्ता, सान्भी एफएमका हेमन्त तामाङलाई पनि सम्मान गरिएको भाइजान्स अफ बीरगंजका सदस्य साकिब अंसारीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणले उत्पन्न गरेको महामारीबीच पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्टलाइनमा रहेर सत्यतथ्य समाचार सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिएकोले सम्मान गरेको भाइजान्स अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले बताए ।

प्रकाशित मिति: : 2020-09-12 21:05:44

प्रतिकृया दिनुहोस्