अली बने आईपीएल खेल्ने पहिलो अमेरिकी

अमेरिका राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अली खानलाई कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको छ।

योसँगै आईपीएलमा अनुबन्ध हुने अली खान पहिलो अमेरिकन खेलाडी बनेका छन्। तर, आईपीएल गभर्निंग काउन्सिलले अलीको अनुबन्धनलाई आधिकारिकता दिन भने बाँकी छ।

अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मा २९ वर्षिय अली खानलाई कोलकाताले तीव्र गतिका बलर ह्यारी गर्नीको स्थानमा अनुबन्ध गरेको हो। 

इंग्ल्यान्डका गर्नीले अघिल्लो महिना काँधमा चोट लागेको कारण आईपीएल गुमाउने भएका हुन्। 

क्यारेविन प्रिमियर लिग (सिपिएल) मा ट्रीनबेगो नाइट राइडर्सले अपराजित हुँदै उपाधि जित्दा अली टोलीका महत्वपूर्ण सदस्य थिए। उनले ८ विकेट लिएका थिए। 

अमेरिकाबाट अलीले १ ओडिआई र ९ लिष्ट ए खेल खेलेका छन्। ओडिआईमा १ र लिष्ट ए मा २३ विकेट लिएका छन्। ३६ टि२० एस खेलमा ३८ विकेट लिएका छन्।

प्रकाशित मिति: : 2020-09-13 06:38:15

प्रतिकृया दिनुहोस्