वीरगञ्जमा ६०५ जनाको स्वाब परीक्षण, २९ कोरोना संक्रमित थपिए

पर्सा र बाराका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जमा शनिबार साँझ ६०५ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

थपिएका संक्रमितहमा बाराका १७ र पर्साका १२ जना रहेका छन्। 
वीरगञ्ज महानगरपालिका  १० मा वर्ष २० र ६० का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही महानगरपालिकाका २ जनामा कोरोना संक्रमण भएपनि कुन वडाका हुन् खुल्न सकेको छैन।

 यस्तै कोल्भी नगरपालिका ३९ वर्षीय पुरुष, कलैया नगरपालिका  ४ र १५ का  ३१ र ५८ वर्षीय पुरषमा पनि संक्रमण देखिएको छ।

यता, चैनपुर विर्ताका एक, पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन, वडा नम्बर १ का एक तथा सखुवा प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना पुष्टि भएको छ। 

 

प्रकाशित मिति: : 2020-09-13 08:17:17

प्रतिकृया दिनुहोस्