बबई नदीमा नुहाउन गएका युवक बेपत्ता

बर्दियाकाे गुलरिया नगरपालिका ५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन्।

 शनिबार बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए। साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो।

खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-09-13 14:23:46

प्रतिकृया दिनुहोस्