घर पायक केन्द्रमा विश्वविद्यालयको परीक्षा

 

लक्ष्मण पोखरेल

लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्। आइतबार भने उनमा उत्साह थियो। स्थगित परीक्षा तेस्रो पटकको प्रयासमा दिन पाइन्। 'तयारी गर्‍यो परीक्षा रोकिने, विद्यार्थीलाई यो भन्दा तनाव अरु के हुन्छ र ?', उनले भनिन्, ‘एक पटक परीक्षा दिनु नै छ। विश्वविद्यालले घर नजिकै सेन्टर तोकेर परीक्षा सुरु गर्‍यो। हामी खुसी छौं।’

उनीमात्रै होइन, सोही संकाय पढ्ने ८५ जना विद्यार्थीको परीक्षा आइतबारबाट सुरु भएको छ। प्रायः सबै विश्वविद्यालयको परीक्षा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा थालेको हो। विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु गरेको छ। विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुनाशैलीमा परीक्षा गरेको हो।

प्रकाशित मिति: : 2020-09-13 17:31:47

प्रतिकृया दिनुहोस्