के सरकारले नै बालबालिका बेच्न मिल्छ ?

शिलापत्र

काठमाडौँ

राजेश शर्मा

जुम्लाका पूर्णचन्द्र भग्री छोराको फोटो लिएर सरकारी कार्यालयहरू चहार्दाचहार्दै वाक्क छन् । कमाउनका लागि जुम्लाबाट भारत गएका बेला श्रीमतीले थापाथलीमा रहेको बालगृह नामक संस्थामा ल्याएर सात वर्षीय छोरा बुझाएर अर्को विवाह गरिन् ।

एकातिर श्रीमतीले छाडेको पीडा थियो, अर्कोतिर छोरा कहाँ छ भन्ने थाहा थिएन । बल्लबल्ल श्रीमतीको खोजी गरी छोरा छोडेको ठाउँ बालगृहमा पुग्दा उसलाई इटाली पुर्‍याइएको जानकारी पाए । आमा आफैँले बुझाएको बालकलाई बल्खु प्रहरीले खोलामा बेवारिसे भेटाएको भनी सो बालकलाई इटाली पठाइएछ । 

बाल मन्दिरबाट धर्मपुत्रको रूपमा स्पेन पुर्‍याइएका सात वर्षीय हर्कसिंह भण्डारी बालिग भएपछि नेपाल आए । बालमन्दिरमा रहेको आफ्नो कागजात र स्पेनमा रहेको धर्मपुत्र ग्रहण गर्ने आमाबुबासँग भएको कागजात बोकेर उनी हुम्ला हानिए । हुम्ला पुगेपछि थाहा भयो- उनी त राम्रो शिक्षाका लागि बालमन्दिर पुर्‍याइएका थिए ।

१० जनासँगै बालमन्दिर आएका उनलाई धूमिल याद थियो । उनी पनि प्रहरीले बेवारिसे भेटेको कागजको सहारामा स्पेन पुर्‍याइए । १० जनामध्ये अरु तीन जना पनि विभिन्न देश गएको उनले पछि थाहा पाए । पटकपटकको नेपाल आवतजावतपछि उनी अहिले आफ्नै देशमा अनागरिकको रूपमा छन् ।

प्रकाशित मिति: : 2020-09-14 12:19:51

प्रतिकृया दिनुहोस्