कुलमानको पुनर्नियुक्तिका लागि दीपकराज गिरीले चलाए अभियान

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल हिजो आइतबारबाट सकिएको छ। तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन ।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्‍याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ । 

यस्तैमा कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन्। उनले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गरेका छन्।

गिरीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’

गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् । 

प्रकाशित मिति: : 2020-09-14 14:32:53

प्रतिकृया दिनुहोस्