पर्सामा रक्सीकाे नशामा बुवाले छुरा प्रहार गर्दा छोराकाे मृत्यु

पर्सामा रक्सीकाे नशामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएकाे छन्।

पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति ७० वर्षका वृद्ध लक्ष्मी साहले छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधो साह गम्भीर घाइते भएका थिए।

घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।

घटना पश्चात् मृतक साहका बुवा लक्ष्मीलाई प्रहरीले पक्राउ गरेकाे छ। यसकाे भइरहेको सिंहले बताए।

प्रकाशित मिति: : 2020-09-15 08:45:13

प्रतिकृया दिनुहोस्