चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेलको सुमधुर स्वरमा 'तिम्रै लागि हो भने' बोलको गीतको भिडियो केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा शब्द र संगीत नवराज न्यौपानेको रहेको भने संगीत संयोजन कर्साङ लामाले गरेका हुन् । गीतको भिडियोमा मोडल पुष्पन खडका र गरिमा शर्माको अभिनय रहेको छ ।
गीतको भिडियोमा निशल पौडेलको छयांकन, युबराज वाइबाको निर्देशन र विकास दाहालको सम्पादन रहेको छ ।