संक्रमित कैदीबन्दीका लागि आईसोलेसन बनाउन ताते सिडियो कँडेल

सिरहास्थित पुरानो जिल्ला प्रशासन कार्यालय रहेको भवन परिसरमा केही दिनयता नेपाली सेना, जनपद प्रहरी, शसस्त्र प्रहरीका समूह मात्रै नभएर कर्मचारीको एउटा समूह सरसफाई गरिरहेको अवस्था भेटिन्छन्। 

सरसफाई गरिरहेकाको त्यहीँ भिडमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल मात्रै सरसफाईमा जुटिरहेका देखिदैनन् नेपाली सेनाको सिरहा, चोहोर्वास्थित शेर गणका गणपती जितेन्द्र गौली, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पँजियार , शसस्त्र प्रहरी बल नं. ७ गण हेड क्वाटर सिरहाका शसस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र गिरीलगायत पनि मस्तले सरसफाई गरिरहेको दृष्य स्थानीय रमाईलो मानेर हेरिरहेका देखिन्छन्।

साथै सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको नेतृत्वमा नगरपालिकाका कर्मचारी पनि सरसफाई गरिरहेका हुन्छन् हरेक दिन विहान सुरक्षा प्रमुखहरुसँग। 

उता सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव पनि उक्त कार्यालय परिसरमा विहान विहान सरसफाईमा जुटेको दृष्य देखिन्छ कहिलेकाहीँ ।

हो सिरहा कारागारमा रहेका ६ सय कैदी बन्दी मध्ये ८० जनामा कोरोना सँक्रमण देखिएपछि कारागारमा आईसोलेसन ब्यवस्थापन गर्न हम्मे परेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले उपयोगविहीन अवस्थामा रहेको कारागारसँगै जोडिएको पुरानो जिल्ला प्रशासन कार्यालयको भवनलाई आईसोलेसन क्वारेन्टीन बनाउने अवधारणा अघि सारेपछि अहिले सुरक्षाकर्मी र कर्मचारीको जत्था दिनहुँ बिहान बिहान त्यहाँ सरसफाईमा जुट्न थालेका हुन् ।

अब एक साता भित्र आईसोलेसन सञ्चालनमा आउने छ, प्रजिअ कँडेलले बिएलसँगको कुराकानीमा भने, ‘बजेटको अभाब भएकाले स्थानियस्तरमै उधारो सहयोगमा आईसोलेसन बनाउन सुरु गरेका हौँ ।

सिरहामा प्रमुख जिल्ला अधिकारी बनेर आउनु अघि कँडेल कारागार ब्यवस्था विभागमा महानिर्देशक थिए । उक्त विभागको महानिर्देशक रहेका बेला उनले कैदीबन्दीको समस्या प्रत्यक्ष देखेभोगेका थिए । 

शसस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र गिरी भन्छन् , कैदिबन्दीका लागि आईसोलेसन बनाउने काम मात्रै होईन प्रमुख जिल्ला अधिकारी ज्यूको हरेक सिर्जनशिल कामको लागि शसस्त्र प्रहरी रातदिन नभनी खट्न तयार।

प्रकाशित मिति: : 2020-09-15 15:55:22

प्रतिकृया दिनुहोस्